सुदुरपश्चिमाञ्चल सुपर लिगमा प्रवेश

काठमाडौं (खेलदैनिक) । सुदुरपश्चिमाञ्चल क्षेत्रीय टिम राखेप च्याम्पियनसिप अन्तरगत जारी १६ औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको सुपर लिगमा प्रवेश गरेको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा सुदुरपश्चिमाञ्चलले मध्यमाञ्चल क्षेत्रीय टिमलाई शून्यकाविरुद्ध १ गोलले हरायो । सुदुरपश्चिमको जितमा किरन चौधरीले एक मात्र निर्णायक गोल गरीन् ।

त्यस्तै बिहीबार नै सम्पन्न अर्को खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चललाई ५–० ले हरायो । पुलिसको जितमा निर्मला बिकले ह्याट्रिक गरीन् भने निरु थापाले दुई गोल गरिन् ।

बिहीबारको खेलसँगै समूह क बाट नेपाल पुलिस र सुदुरपश्चिमाञ्चल सुपर लिगमा प्रवेश गरेका छन् । उता समूह ख बाट नेपाल आर्मी र एपीएफले यसअघि स्थान सुरक्षित गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...