पुलिस र मध्यमाञ्चललाई सफलता

काठमाडौं (खेलदैनिक) । राखेप च्याम्पियनसिप अन्तरगत जारी १६ औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा मंगलबार नेपाल पुलिस क्लब र मध्यमाञ्चलले जित हात पारेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो खेलमा पुलिसले सुदुरपश्चिम क्षेत्रीय टिमलाई २–१ ले हरायो । पुलिसको जितमा निरु थापा र निर्मला उपाध्यायले एक–एक गोल गरिन् । उता पराजित सुदुरपश्चिमका लागि चन्द्रा भण्डारीले मात्र एक गोल फर्काइन ।

मंगलबार नै भएको दोस्रो खेलमा मध्यमाञ्चलले पूर्वाञ्चल क्षेत्रीय टिमलाई ४–० ले हरायो । मध्यमाञ्चलका लागि रश्मी कुमारी घिसिङले दुई गोल गरिन् भने कप्तान मेनुका नगरकोटी र सबिना राना मगरले एक–एक गोल गरिन् ।

प्रतियोगिताअन्तरगत बुधबारको खेलमा त्रिभुवन आर्मी क्लबले मध्यपश्चिमाञ्चलको सामना गर्नेछ भने एपीएफले पश्चिमाञ्चलसँग भिड्ने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...