जिल्ला फुटबल संघ रुपन्देहीको अध्यक्षमा पूनः केसी

बुटवल (खेलदैनिक) । जिल्ला फुटबल संघ रुपन्देहीको अध्यक्ष पदका लागि दिर्घ बहादुर केसी (कुमार) पून चार बर्ष कार्यकालका भारी मतले बिजयी हुँदै निर्वाचित भएका छन् ।

सोमबार बिहान ८ बजे देखि सुरु फुटबल संघको निर्बाचन कार्यक्रम बेलुका ८ बजे तिर सम्पन्न भएको थियो । निर्वाचनका बेला जिल्ला फुटबल संघमा आवद्ध क्लबहरुमध्ये इन्टर स्पोर्ट्स क्लबको तर्फबाट २ पक्षले मताधिकारको मांग गरे पछि निर्वाचनको माहोल केहीबेर तातिएको थियो ।

तत्पश्चात् अखिल नेपाल फूटबल संघ (एन्फा) को केन्द्रिय कार्यालय काठमाडौँबाट निर्णय आए पछि इन्टर स्पोर्टंस्लाई मतदान गर्न बञ्चित गरिएको थियो भने त्यसपछि निर्वाचन कार्यक्रम सुचारु भएको थियो ।

निर्वाचनको नतिजाअनुसार विजयी भएका अध्यक्ष कुमार के.सी. को पक्षमा कुल १९ मध्ये १४ मत खसेपछि उनी विजयी घोषित भएका थिए । त्यसैगरी पूर्वमहिला राष्ट्रिय खेलाडी मतिकला गुरुङ निर्बिरोध महिला सदस्यमा मनोनित भएकी छिन् ।

विजयी भएपछि जिल्ला फुटबल संघका अध्यक्ष केसीले जिल्लाको फुटबल विकासमा आफूले सक्दासम्म सबैलाई समेटेर लैजाने बताए । साथै यस कार्यमा सबैधो सहयोगको अपेक्षा समेत गरे ।

नर्या कार्यसमितिको अध्यक्षमा दिर्घ बहादुर केसी (कुमार), उपाध्यक्षमा खेमराज गुरुङ्ग, भूपेन्द्र बहादुर क्षेत्री, मुकेश कुँवर, सदस्यहरुमा इशान भण्डारी, जुक्त बहादुर थापा, पदम बहादुर थापा, प्रेम राना, मनोज कुमार थापा, सोम बहादुर थापा, शंकर मल्लाह, होम गलामी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...