सिनियर फिफा रेफ्री लव खत्रीको सन्यास

सम्मान ग्रहण गरेपछि लव खत्री । (तस्विर गिरीराज बासकोटा)

पाँचथर (खेलदैनिक) । नेपाली फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका सिनियर फिफा रेफ्री लव खत्रीले सक्रिय रेफ्रिङ क्यारियरबाट सन्यास लिएका छन् ।

नेपाली फुटबलमा करिब दुई दशकभन्दा बढी समय सक्रिय रहेका खत्रीलाई फिदिम स्र्पोटिङ क्लब, पाँचथरले आइतबार एक कार्यक्रमकाबीच उनको योगदानको उच्च मूल्यांकन र कदर गर्दै विशेष सम्मान गर्यो ।

रेफ्री खत्रीले सम्मान प्राप्त गरेपछि आफूले गर्विलो महशुस गरेको प्रतिक्रिया दिए । उनले भने “मेरो रेफ्री क्यारियरलाई यहाँसम्म ल्याईपुर्याउन सहयोग र समर्थन गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु ।”


प्रतिक्रिया दिनुहोस

Loading...