पाल्पा जिल्ला फुटबल संघमाथि गम्भिर आरोप (प्रमाण कागजातसहित)

पाल्पा (खेलदैनिक) । जिल्ला फुटबल संघ पाल्पाको चुनाव सम्पन्न भईसकेपछि हाल जिल्ला फुटबल संघलाई जिल्लाका तीन क्लबहरुले फर्जि कागजात र जालसाजीको गम्भिर आरोप लगाएका छन् ।

संघले वि.सं. २०७० र २०७२ सालको लिगमा सक्रिय नै नरहेका क्लबलाई लिगको खेलतालिकामा समावेश गरिएको आरोप लगाएका छन् । ती क्लबहरुले जिल्ला फुटबल संघको निर्वाचनका बेला फुटबल संघले नक्कली कागजात केन्द्र (एन्फा) मा पठाएको समेत दावी गरेका छन् ।

पाल्पा जिल्ला फुटबल संघको अध्यक्ष पदका प्रत्याशी प्रणय विर जंग राणाका अनुसार जिल्ला फुटबल संघ पाल्पाका पदाधिकारीहरुले सक्रिय नै नरहेका क्लबहरुलाई समावेश गरी नक्कली कागजात काठमाडौंस्थित एन्फामा पठाएको आरोप लगाए ।

राणा भन्छन् “जिल्ला लिगमा सहभागी क्लबलाई जिल्ला फुटबल संघ पाल्पाको निर्वाचनमा मतदान अधिकार दिइएन भने सक्रिय नरहेका क्लबहरुलाई मतदान गर्ने अवसर प्रदान गरियो । हामी निकै दुःखी छौं । एन्फाका केन्द्रिय प्रतिनिधि हरि श्रेष्ठले पनि यसबारेमा कुनै हस्तक्षेप गरेनन् । हामीले एन्फामा न्यायका लागि निवेदन दिएका छौं । फुटबल संघहरु यसरी चल्छन् भन्ने थाहा पाउँदा स्तब्ध छु ।”

पाल्पा जिल्ला फुटबल संघको हालै सम्पन्न चुनावबाट मनोहर थापा अध्यक्ष पदमा निर्वाचित भएका थिए । तर जिल्लाका केही क्लब प्रतिनिधिहरुले धाँधली र जालसाजीको गम्भिर आरोप लगाएपछि पाल्पा जिल्ला फुटबल संघको कार्यशैली र निर्वाचनप्रति नै प्रश्न उठ्न थालेको छ ।

नक्कली कागजात

सक्कली कागजात

नक्कली कागजात

सक्कली कागजात

 

 


प्रतिक्रिया दिनुहोस

Loading...