देशभक्तलाई जनज्योति कपको उपाधि

बुटवल (खेलदैनिक) । देशभक्त युवा क्लब, नवलपरासीले बुटवलमा सम्पन्न प्रथम जनज्योति कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा देशभक्तले नारायणगढ एफसी, चितवनलाई ४–१ ले हराउँदै उपाधि जित्न सफल भयो । देशभक्तको जितमा बरसात गुरुङ, मार्टिन्स, लक्ष्मण रुचाल र बिनोद केवटले १–१ गोल गरे । उता पराजित नारायणगढका लागि सुरेश कुमालले एक मात्र सान्त्वना गोल फर्काए ।

शनिबारको खेलमा म्यान अफ द फाइनल देशभक्तका बरसात गुरुङ घोषित भए । त्यस्तै प्रतियोगिता कै उत्कृष्ट खेलाडी नारायणगढका यदु सिलवाल घोषित भए भने उत्कृष्ट गोलरक्षकको पुरस्कार देशभक्तका बाबु मगरले जिते । त्यसैगरी उत्कृष्ट रक्षकको अवार्ड आयोजक जनज्योतिका मनोज श्रेष्ठले जिते ।

प्रतियोगिताको विजेता देशभक्तले उपाधिसहित नगद १, ११, १११ रुपैया प्राप्त गर्यो भने उपविजेता बनेको नारायणगढले ५५, ५५५ रुपैयामा चित्त बुझायो ।

मंसिर २९ गतेदेखि शुरु प्रतियोगितामा रुपन्देही, चितवन, नवलपरासी, दाङ र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...