राष्ट्रिय महिला लिगको खेलतालिका सार्वजनिक, उदघाटन खेलमा पुलिस र मध्यमाञ्चल भिड्ने

काठमाडौं (खेलदैनिक) । राखेप च्याम्पियनसिप २०७४ अन्तरगत १६ औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता यहि पुस १६ गते आइतबारदेखि शुरु हुँदैछ ।

सातदोबाटो, ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक भएको छ । पुस १६ गते आइतबार उदघाट्न खेलमा नेपाल पुलिस क्लबले मध्यमाञ्चल क्षेत्रीय टिमको सामना गर्नेछ भने दोस्रो खेलमा पूर्वाञ्चल क्षेत्रीय टिमले सुदुरपश्चिमाञ्चल क्षेत्रीय टिमसँग भिड्नेछ ।

सहभागी कुल आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तरगत समूह क तर्फ नेपाल पुलिस क्लब, पूर्वाञ्चल क्षेत्रीय टिम, सुदुरपश्चिमाञ्चल क्षेत्रीय टिम र मध्यमाञ्चल क्षेत्रीय टिम छन् भने समूह ख तर्फ त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ टिम, मध्यपश्चिमाञ्चाल क्षेत्रीय टिम र पश्चिमाञ्चल क्षेत्रीय टिम रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...