नारायणगढ एफसी उपाधि नजिक

बुटवल (खेलदैनिक) । नारायणगढ फुटबल क्लब, चितवन बुटवलमा जारी प्रथम जनज्योति कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा नारायणगढ एफसीले भैरव स्र्पोर्ट्स क्लब, नवलपरासीलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । नारायणगढको जितमा सुदान्स महतो नायक रहे । उनले खेलको ८३ औं मिनटमा हेडद्वारा एकमात्र निर्णायक गोल गरे ।

खेलमा नारायणगढका निर्णायक गोलकर्ता सुदान्स महतो म्यान अफ द म्याच घोषित भए । बिहीबारको नतिजासँगै फाइनल समिकरण पनि पूरा भएको छ । अब उपाधिका लागि नारायणगढ एफसीले पौष १५ गते शनिबार देशभक्त युवा क्लब, नवलपरासीको सामना गर्नेछ ।

रुपन्देही, नवलपरासी, दाङ र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार १ सय ११ रुपैया हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...