रुपन्देहीलाई हराउँदै सुनसरी फाइनलमा

पाँचथर (खेलदैनिक) । सुनसरी–११ नवौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा सुनसरीले अग्नी रुपन्देही–११ लाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । सुनसरीको जितमा तिर्थ बस्नेत, सौजन राई र हेमन्त थापा मगरले एक–एक गोल गरे । उता पराजित रुपन्देहीका लागि छिरिङ गुरुङले एक मात्र सान्त्वयना गोल फर्काए ।

बिहीबारको खेलमा सुनसरीका कप्तान बिष्णु सुनुवार म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत शुक्रबारको दोस्रो सेमिफाइनल खेल बिर्तामोड युनाइटेड, झापा र मोरङ–११ बीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...