योन लङ एफसीलाई गोर्खा कप

काठमाडौं (खेलदैनिक) । योन लङ एफसीले स्काई ड्रागन एसिया प्यासिफिक थर्ड गोर्खा कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हङकङमा सम्पन्न भएको प्रतियोगितामा योन लङले फाइनलमा जिआई एफसीलाई २–० ले पराजित गर्यो ।

योन लङको ओ हिङ मैदानमा भएको सेभेन ए साइड प्रतियोगिताको फाइनलमा रजत लिम्बु र विशाल गुरुङले गोल गर्दै योन लङलाई विजयी बनाए ।

हङकङमा बसोबास गर्ने नेपाली समुदायका १८ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिताको सेमिफाइनलमा योन लङले युवा एफसीलाई १–० ले पराजित गरेको थियो । जिआईले भने ज्योति एफसीस“गको खेल पेनाल्टी शुटआउटमा हराउ“दै फाइनल प्रवेश गरेको थियो ।

गोर्खा व्वाइज हङकङको आयोजनामा भएको प्रतियोगिताको विजेतालाई २२ हजार र उपविजेतालाई ११ हजार हङकङ डलर प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...