बगर भाइखलक भेट्रान फुटवल स्व. गुरुङको स्मृतीमा हुने

पोखरा (खेलदैनिक) । बगर भाइखलकले विगत सात वर्षदेखि सञ्चालन गर्दै आएको एट ए साइड खुल्ला भेट्रान्स फुटवल प्रतियोगिता यो वर्षदेखि स्वर्गीय रन्जित गुरुङको स्मृृतीमा आयोजना गर्ने भएको छ । 

सातौ संस्करणको एट ए साइड खुल्ला भेट्रान्स फुटवल प्रतियोगिता यो वर्षदेखि पोखरा रत्नबाट सम्मानित भइसकेका स्वर्गीय रन्जित गुरुङको स्मृतीमा खेलाइने भएको बगर भाइखलकका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङका अनुसार सातौ संस्करणदेखि आगामी पांच वर्ष सम्म स्वर्गीय रन्जित गुरुङको स्मृतीमा फुटवल सञ्चालन गर्ने भएको हो । स्व. गुरुङ को स्मृतिमा उनका छोराहरु राजु गुरुङ र पोमा गुरुङ तथा छोरी ज्वाई मेजर खुशीमान गुरुङ र मन्जु गुरुङको मुख्य प्रायोजनमा ५ बर्षक लागी प्रतियोगिता सन्चालन गर्ने सहमती भएका हो ।

स्वर्गीय रन्जित गुरुङ पृथ्वी नारायण क्याम्पसमा रहेर लामो समयदेखि पोखराको खेलकुदको बिकासको लागी सक्रिय ब्याक्ति थिए । गुरुङको पहलमा पोखरामा हकि, टेनिस, बास्केटवल, क्रिकेट, फुटवल, भलिवल र अन्य खेलकुदको बिकासमा महत्वपूर्ण योगदान गरेको भन्दै तत्कालिन पोखरा उपमहानगरपालिकाल पोखरा रत्नबाट सम्मान गरेको थियो ।

सातौ स्व.रन्जित गुरुङ स्मृती बगर भाईखलक एट ए साईड अन्तराष्ट्रिय खुल्ला भेट्रान फुट्बल प्रतियोगिता २०७४ आगामी माघ २ देखि ६ गते सम्म पोखराको पुरानो टुडिखेलमा सन्चालन हुदैछ ।

सो प्रतियोगिताको प्रथम पुरुस्कार एकलाख स्व.आमा शिब कुमारी गुरुङको स्मृतीमा माछापुच्छ्रे गाउपालिका घाचोक हाल पोखरा लेखनाथ महानगरपालिका १ बगर निबासी इन्द्र गुरुङले प्रायोजन गरेका छन् भने द्वितिय पुरस्कार ५० हजार पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ११ फुलबारी निबासी अमित (जोन) गुरुङले गरेका छन ।

आठौ संस्करणको प्रतियोगितामा युनाईटेड भेट्रान कलकत्ता र बगर भाईखलक यु केले पहिलो पटक सहभागिता जनाउने भएको छ । त्यसै गरि प्रतियोगितामा काठमाण्डौ, चितवन, हेटौडा, बिरगञ्ज, बुटवल र स्थानिय टिमहरुले सहभागीता जनाउने छन ।


प्रतिक्रिया दिनुहोस

Loading...