नारायणगढ एफसी अन्तिम चारमा

बुटवल (खेलदैनिक) । नारायणगढ एफसी, चितवन बुटवलमा जारी प्रथम जनज्योति कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा नारायणगढले क्रिश्चियन युवा क्लब, बुटवललाई शून्यकाविरुद्ध ३ गोलले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

नारायणगढको जितमा खेलको ३८ औं मिनटमा हरदिप गुरुङले पहिलो गोल गरे । त्यस्तै शिखर उप्रेतीले ६५ औं मिनटमा गोल गर्दै नारायणगढको अग्रता दोब्बर पारे भने ८२ औं मिनटमा सुरेश कुमालले तेस्रो गोल गर्दै टोलीलाई उत्कृष्ट जित दिलाए ।

खेलमा पराजित क्रिश्चियनका प्रितम थापा मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक जनज्योति क्लब र देशभक्त युवा क्लब, नवलपरासीबीच हुने आयोजकले जनाएको छ ।

रुपन्देही, नवलपरासी, दाङ र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार १ सय ११ रुपैया हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ ।

त्यस्तै काठमाडौं स्टिलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको फाइनल पौष १५ गते शनिबार हुने खेल संयोजक जहर रानाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...