साविक विजेता बिर्तामोड सेमिफाइनलमा

पाँचथर (खेलदैनिक) । साविक विजेता बिर्तामोड युनाइटेड, झापा नवौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा बिर्तामोडले आयोजक फिदिम स्र्पोटिङ क्लबलाई ७–१ को फराकिलो अन्तरले हरायो । बिर्तामोडको जितमा बिशाल राई ए ले ह्याट्रिक गरे भने कर्ण लिम्बुले दुई गोल गरे । त्यस्तै हिसब थपलिया र नगेन्द्र लिम्बुले एक–एक गोल गरे । त्यसैगरी बिर्तामोड कै दिलन लोक्तमले एक आत्मघाती गोल गर्न पुगेका थिए ।

सोमबारको खेलमा ह्याट्रिक गरेका बिर्तामोडका बिशाल राई ए म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंगलबारको खेल युकेएफसी, दार्जिलिङ र अग्नी रुपन्देही–११ बीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...