विजेता टोलीलाई सम्मान तथा विदाई

धनगढी (खेलदैनिक) । धनगढीमा सम्पन्न फारवेष्ट पशुपति कपको उपाधि जित्ने टोलीलाई धनगढीमा सम्मान तथा विदाई गरिएको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लवले धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै तेस्रो संस्करणको विजेता वनेको आयोजक टोलीका खेलाडीहरुलाई सम्मान तथा विदाई गरेको हो ।

टोलीमा रहेका धेरै खेलाडीहरु धनगढीभन्दा वाहिरका रहेका र तीन विदेशी खेलाडी पनि भएकोले च्याम्पीयन टीमलाई सम्मान सहित विदाई गरिएको हो । फारवेष्ट पशुपति युवा क्लवका अध्यक्ष खेम रावत महासचिव हरि वोहोरा सचिव ललीत मिश्र कोषाध्यक्ष दिपेश खड्का सहितका पदाधिकारीहरुले दोसल्ला ओडाएर सम्मान तथा विदाई गर्नुभएको हो ।

लगातार तीन वर्षसम्म फाईनल पुगेको आयोजक फारवेष्ट पशुपतिले तेस्रो पटक फाईनल पुग्दा च्याम्पियन वनेको हो । शनिबार धनगढी रंगशालामा भएको फाईनलमा आयोजक फारवेष्ट पशुपति युवा क्लव पिएफए अत्तरीयालाई ट्राईब्रेकरमा ४–३ ले हराउँदै च्याम्पियन वनेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...