भारतलाई हराउँदै बंगलादेश च्याम्पियन

उपाधिका साथ बंगलादेश यु–१५ गल्र्स फुटबल टोली । (तस्विर बंगलादेश फुटबल फेडेरेशन)

काठमाडौं (खेलदैनिक) । बंगलादेशमा सम्पन्न साफ यु–१५ गल्र्स च्याम्पियनसिपको उपाधि आइतबार आयोजक बंंगलादेशले जित्न सफल भएको छ ।

आइतबार सम्पन्न फाइनलमा बंगलादेशले भारतलाई शून्यकाविरुद्ध १ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो । बंगलादेशको जितमा पहिलो हाफको ४१ औं मिनटमा शमसुन नहरले एकमात्र निर्णायक गोल गरिन् ।

लिग चरणको खेलमा पनि बंगलादेशले भारतलाई ३–० ले पराजित गर्दै समूहको शिर्ष स्थान हासिल गर्दै फाइनल प्रवेश गरेको थियो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा भएको प्रतियोगितामा सार्क राष्ट्रका नेपाल, भारत, बंगलादेश र भूटान गरी कुल चार टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...