दोस्रो खप्तड गोल्डकपलाई नेपाल आइसको साथ

काठमाडौं (खेलदैनिक) । दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपलाई चौधरी ग्रपु बु्रअरीको उत्पादक नेपाल आइसले प्रायोजन गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको आयोजक सुदुरपश्चिम ११ स्पोर्टस् क्लबका अध्यक्ष सुरेश हमाल र चौधरी ग्रुप ब्रुअरीका मार्केटिङ्ग म्यानेजर प्रदिप पुडासैनीले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे । यद्यपि के–के सम्झौता भएको हो त्यसबारे बिस्तृत खुलाइएको छैन ।

आउँदो पुस २१ देखि माघ १ गतेसम्म हुन गईरहेको प्रतियोगिताको दोस्रो संस्करणको विजेताले उपाधिससिहत नगद ११, ११,१११ रुपैया हात पार्नेछन् भने उपविजेताले ५,५५,५५५ रुपैया प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल हात पार्नेछ ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट व्यक्तिगत विधातर्फका विजेता खेलाडीहरुले नगद २५ हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार नगद हात पार्नेछन् ।

प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी कुल १२ टोलीहरुको सहभागिता रहनेछ । सहभागी टोलीहरु यसप्रकार छन्:

ड्रुक स्टार क्लब (भूटान), दिल्ली युनाइटेड, नयाँदिल्ली (भारत), थ्रीस्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, संकटा क्लब, च्यासल युथ क्लब, झापा ११, साहारा क्लब, जगदम्बा लुम्बिनी क्लब र आयोजक सुदुरपश्चिम–११


प्रतिक्रिया दिनुहोस

Loading...