एएफसीद्वारा एन्फालाई आर्थिक जरिवाना

काठमाडौं (खेलदैनिक) । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एक हजार अमेरिकी डलर (करिब एक लाख रुपैया) जरिवाना गरेको छ ।

एएफसी यु–१९ च्याम्पियनसिप छनौट अन्तरगत गत ३१ अक्टोबरमा बिश्केकमा भएको किर्गिस्तानविरुद्धको खेलपश्चात फेयर प्लेको खलभावना विपरित विपक्षी खेलाडी र रेफ्रिहरुसँग नेपाली खेलाडीहरुले हात नमिलाएपछि एएफसीले एन्फालाई जरिवाना तिराएको हो ।

एएफसीले एन्फाले उक्त जरिवाना रकम ३० दिन भित्र बुझाउन समेत आदेश जारी गरेको छ । साथै यस्तै किसिमका कार्य फेरि दोहोरिए यो भन्दा कडा कारवाही गरिने समेत एएफसीले स्पष्ट पारेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...