काठमाडौं (खेलदैनिक) । विश्व फुटबलको नियमनकारी निकाय फिफाले जारी गरेको डिसेम्बर महिनाको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औं स्थानमा पुगेको छ ।
दक्षिण एसियाली राष्ट्रहरुमा नेपाल चौथो स्थानमा छ । त्यस्तै भारत बिना कुनै परिवर्तन १०५ औं स्थानमा रहँदै दक्षिण एसियाली देशहरुमध्ये शिर्ष स्थानमा यथावत छ ।
एक स्थान तल झर्दै १४८ औं स्थानमा पुगेको अफगानिस्तान दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ भने दुई स्थान माथि उक्लिदै १५५ औं स्थानमा पुगेको माल्दिभ्स तेस्रो स्थानमा छ ।
दुई स्थान तल झरेको भुटान १८७ औं स्थानमा छ र दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । पाँच स्थान तल झरेको बंगलादेश १९७ औं स्थानमा रहँदै दक्षिण एसियातर्फ छैटौं स्थानमा रहेको छ ।
त्यस्तै फिफा वरियताको २०० र २०१ स्थानमा रहेको श्रीलंका र पाकिस्तान दक्षिण एसियातर्फ क्रमश सातौं र आठौं स्थानमा छन् ।
विश्व वरियताको जर्मनीको शिर्षता
त्यस्तै फिफाको विश्व वरियताको शिर्ष स्थानमा जर्मनी रहेको छ । नयाँ वरियताअनुसार दोस्रो र तेस्रो स्थानमा भने क्रमश ब्राजील र पोर्चुगल छन् ।