उपाधिका लागि बंगलादेश र भारत भिड्ने

बिहीबार बलका लागि भिड्दै बंगलादेश (हरियो) र भारतका खेलाडी । (तस्विर बंगलादेश फुटबल फेडेरशन)

काठमाडौं (खेलदैनिक) । बंगलादेशको राजधानी ढाकामा जारी साफ यु–१५ गल्र्स च्याम्पियनसिपको फाइनलमा आयोजक बंगलादेश र भारत भिड्ने भएका छन् ।

बिहीबार भारतविरुद्ध ३–० को जित दर्ता गरेको घरेलु टोली बंगलादेशले अंकतालिकामा ९ अंकका साथ आफ्नो शिर्षता हासिल गर्न सफल भयो । त्यस्तै ६ अंकका साथ भारत दोस्रो स्थानमा रह्यो ।

भारतविरुद्ध गोल गरेपछि बंगलादेशका खेलाडीहरु खुशी मनाउँदै । (तस्विर बंगलादेश फुटबल फेडेरशन)

उपाधिका लागि फाइनल भिडन्त आउँदो आइतबार (डिसेम्बर २४ तारीख) का दिन हुनेछ । प्रतियोगितामा आयोजक बंगलादेश, भारतसहित नेपाल र भूटान थिए ।

बिहीबार नै नेपाल र भुटानले १–१ गोलको बराबरी खेलेका थिए । यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...