गोधुली कपको १८ औं संस्करण पुस १५ देखि

धरान (खेलदैनिक) । धरान १७ स्थित गोधुली क्लवले आयोजना गर्दै आइरहेको गोधुली रनिङ कपको १८औ संस्करण यहि पुस १५ गते देखि सुरु हुने भएको छ । 

धरान उपमहानगरपालिका भित्र पर्ने वडाहरुले मात्र सहभागि हुन पाउने वडा स्तरिय प्रतियोगितामा धरान भरिका २० वटा टिमले सहभागिता जनाउने आयोजक क्लवका उपाध्यक्ष सतिस केसिले जानकारी गराए ।

पुस २९ गते सम्म चल्ने प्रतियोगिताको पुरस्कार राशिमा यस पटक भने वृद्धि गरिएको छ । विजेता टिमले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उप विजेताले नगद ५० हजार रुपैया, ट्रफी र मेडल प्राप्त गर्नेछन ।

१७ औ संस्करणमा नगद पुरस्कारमा विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैया पाउने गरेका थिए । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि विजेताले नगद १० हजार, हाइ स्कोररले नगद ८ हजार, वेस्ट गोलकिपरले नगद ५ हजार, म्यान अफ द म्याचले नगद ५ हजार र उदयीमान खेलाडीले नगद ५ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । १७ औ संस्करणका विजेता वाड न. १३ र उपविजेता आयोजक धरान १७ रहेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...