संगम कपको सेमिफाइनल समिकरण पूरा

पोखरा (खेलदैनिक) । पोखरामा जारी छैटौ संस्करणको संगम कप फुटवल प्रतियोगिता २०७४ अन्र्तगत भोलि (विहिबार) सेमिफाईनलका खेलहरु हुने भएका छन् ।

विहिबारको पहिलो सेमिफाईनल खेलमा गार्डेन क्लव र बाजापाटन (बी) थटीन बिच खेल हुने भएको छ । दोश्रो सेमिफाइनल भने सहारा क्लव र एल.जी. एशोसियसन बिच हुने क्लवका सदस्य धिरज तामाड्डले जानकारी दिए ।

बुधबार पोखरा रंगशालामा भएको पहिलो क्वाटरफाईनल खेलमा आयोजक संगम क्लवलाई गार्डेन फुटवल क्लवले २–१ को गोल अन्तरले पराजित गर्यो ।

दोश्रो खेलमा बी थटीनले भद्रकालीलाई ७–२ को फराकिलो अन्तरले हरायो । बी थटीनको जितमा म्यान अफ दी म्याच घोषित आवाले ४ गोल गरे । उनले खेलको ४०, ५९, ७० र ७२ औं मिनेटमा गोल गरेका हुन ।

त्यसैगरी विश्वास श्रेष्ठले पेनाल्टी मार्फत खेलको ११ औं मिनेटमा र खेलको ७६ औं मिनेटमा एक गोल गरे भने थप एक गोल नवराज गुरुङले खेलको २८ औं मिनेटमा एक गोल गरेका हुन । उता पराजित भद्रकालीका लागि सुमित श्रेष्ठले खेलको २३ र मनोज गुरुङले खेलको ३२ औं मिनेटमा गोल गरे ।

तेश्रो खेलमा एल.जी.एशोसियसनले ड्यामसाईड क्लवलाई अतिरिक्त समयमा १–० ले परािजत गर्यो । निर्धारित समयमा दुबै तर्फ गोल हुन नसके पछि थपिएको १४ मिनेटको ५ औं अर्थात खेलको ७५ औं मिनेटमा अजित गुरुङले गोल गरे । निर्णायक गोल गरेका गुरुङ म्यान अफ दी म्याच समेत घोषित भए ।

त्यसैगरी बुधबारको अन्तिम क्वाटरफाईनल खेलमा सहारा क्लवले रन्जन मेमोरियल स्मृतिको समुह २–० ले पाखा लगायो । सहाराको जितमा विदेशी मुलका खेलाडी ह्याण्ड्रिले खेलको ४० र ५७ औं मिनेटमा दुई गोल गरे । ह्याण्ड्रि खेलमा म्यान अफ दी म्याच समेत घोषित भए ।


प्रतिक्रिया दिनुहोस

Loading...