हङकङमा तेस्रो गोर्खा कप फुटबल हुँदै

काठमाडौं (खेलदैनिक) । स्काई ड्रागन एसिया प्यासिफिक तेस्रो गोर्खा कप फुटबल प्रतियोगिता डिसेम्बर २४ देखि हङकङमा आयोजना हुने भएको छ । योन लङको ओ हिङ मैदानमा हुने प्रतियोगिता सेभेन ए साइडका रुपमा खेलाइने छ ।

प्रतियोगिता सहभागी कुल १८ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एस एफसी, ज्योथि एफसी, व्वाइज एफसी, धरान एफसी छन् त्यस्तै समूह ‘बी’ मा शाम सुई पो, जोर्डन एफसी, जिआई एफसी, योन लङ एफसी रहेका छन् ।

त्यसैगरी समूह ‘सी’ मा सुइन वान, गोल्डेन स्टार, आर्सेनिक एफसी, सोल्टी एफसी, युवा एफसी तथा समूह ‘डी’ मा मोना एफसी, गोर्खा व्वाइज, ओनहिङ एफसी, लिम्बुबान एफसी र नेप युनाइटेड छन् ।

प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्ने छ । विजेतालाई २२,२२२ र दोस्रो हुनेलाई ११,१११ हङकङ डलर प्रदान गरिने आयोजक गोर्खा व्वाइज हङकङका अध्यक्ष धनप्रसाद गुरुङले बताए । प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन सोल्टी एफसी हो ।


प्रतिक्रिया दिनुहोस

Loading...