गोल नेपालले सहयोग गरेका तीन बालिका अन्डर-१५ महिला टिममा

उर्लाबारी (खेलदैनिक) । राजघाटको दुर्गापुरीबाट ३ जना बालिकाहरु अन्डर १५ राष्टिय महिला टोलीमा छनौट हुन सफल भएका छन् ।

यसरी छनौट हुनेमा निकिता धिमाल,रोश्नी धिमाल र करिना धिमाल रहेका छन् । एक बर्षअघि उनीहरु साबिक राजघाटको दुर्गापुरीको खेलमैदानमा फुटवल अभ्यास गर्थे । खालि खुट्टा र पुरानो फुटबल खेलिरहेको समाचार गोलनेपाल मार्फत आएपछि उनीहरुलाई सहयोग जुटेको थियो ।

३० जना वालिकाहरुलाई नेपाली फुटवलको निरन्तर समाचार सम्प्रेषण गर्ने गोल नेपाल डटकमले फुटवल तथा जर्सी सहयोग गरेको थियो । गोल नेपालका प्रधान सम्पादक तथा फाउण्डर बिक्रम थापाले राजघाटका ३० जना वालिकाको लागि फुटवल तथा जर्सी सहयोग गर्नुभएको थियो ।

राजघाटका ति वालवालिकाले अरुको जर्सी मागेर लगाइरहेको र एउटा पुरानो फुटवल भएकोले समस्यामा परेको समाचार गोल नेपालमा आएपछि कतारमा रहनुभएका गोल नेपालका शुभेच्छुक राजन श्रेष्ठले उक्त जर्सी र फुटवल सहयोग गर्नुभएको थियो ।

गोल नेपालका प्रधान सम्पादक बिक्रम थापाले आफुहरुको सहयोगले राजघाटबाट तिन जना बालिका टिममा पर्न सफल भएकोमा खुशी प्रकट गर्नुभयो । “आज नेपालको नाम राख्ने खेलाडीहरु मोफसलका गाउँबस्तीहरुमा हुन्छन भनेर बहिनीहरुले साबित गरिदिएका छन्,” उहाँको प्रतिक्रिया थियो । यद्यपि, उहाँले सबैलाई समान अबसर हुनुपर्ने बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...