सेन्ट जेभियर्स र क्रेस्सेन्ट सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । सेन्ट जेभियर्स स्कुल, गोदावरी टिम ए र क्रेस्सेन्ट एकेडेमी इङ्गलिस स्कुल, गोदावरी २२ औं फादर मोरान मेमोरियल फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको पहिलो क्वाटरफाइनलमा सेन्ट जेभियर्सले जेम्स स्कुल, ललितपुरलाई टाईब्रेकरमा ३–२ ले हरायो । दुवै टोलीले निर्धारित समयको खेल गोलरहित बराबरी खेलेका थिए । खेलमा जेम्सका दिवाकर शाह म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा क्रेस्सेन्ट एकेडेमीले मोर्डन इन्डियन स्कुल, चोभार, काठमाडौंको चुनौति टाईब्रेकरमै ५–४ ले समाप्त पार्यो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा क्रेस्सेन्टका सन्जित राना म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत मंगलबारको तेस्रो क्वाटरफाइनल लिटल एन्जल्स स्कुल, हात्तीबन र नेपाल डन बस्को स्कुल, लुभुबीच हुनेछ भने चौथो क्वाटरफाइनल आयोजक मोरान मेमोरियल स्कुल, महेशपुर झापा र जेभियर्स स्कुल ए, जावलाखेलबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...