रन्जन स्मृतिको रोमाञ्चक जित

पोखरा (खेलदैनिक) । पोखरामा जारी छैटौ संस्करणको संगम कप फुटवल प्रतियोगिता २०७४ अन्र्तगत सोमबार पहिलो चरणका ४ खेल सम्पन्न भएका छन् । 

पोखरा रंगशालामा सोमबार भएको पहिलो खेलमा रन्जन मेमोरियल स्मृतिको समुहले जित हासिल गरेको छ । रन्जन मेमोरियलले टुडिखेल यूनाईटेड ए टिमलाई ६–४ को गोल अन्तरले पराजित गरेको हो ।

रन्जन मेमोरियलको जितमा सुसान गुरुङले दुई, प्रविन गुरुङ, विजय तामाङ, असोक थापा र श्रमिक गुरुङले एक ÷एक गोलको योगदान दिए । टुडिखेलका प्रविन गुरुङ र सुदिप पाठकले दुई÷दुई गोल गरेका हुन ।

सोमबार नै भएको दोश्रो खेलमा वुटवलको खर्चटिकार एकेडेमीले पोखराको नागढुंगा क्लवलाई एक तर्फी ५ गोल गर्दै दोश्रो चरणमा प्रबेस गरेको छ । फर्साटिकर एकेडेमीको जितमा सुजल राना र मनोज श्रेष्ठले दुई–दुई गोल गरे भने कृष्ण रानाले एक गोल गरे ।

त्यस्तै तेश्रो खेलमा आर.टि. ट्रेनिङलाई गार्डेन फुटवल क्लवले ४–० ले पाखा लगायो । गार्डेनको जितमा ध्रुव घिमिरेले दुई गोल गर्दा सन्तोस कार्की र सन्तोस मर्हजनले एक–एक गोल गरे ।

त्यसैगरी चौथो तथा अन्तिम खेलमा भद्रकालिले टुडिखेल बी हलाई ४–० ले पराजित गर्यो । भद्रकालिको जितमा प्रदिप गुरुङ्गले दुई गोल गरे भने सुमित श्रेष्ठ र मनोज गुरुङले एक–एक गोल गरे ।
पोखराको संगम क्लवको आयोजनामा संचालन भएको उक्त प्रतियोगिता अन्र्तगत भोलि (मंगलबार) पहिलो चरणकै ५ वटा खेल हुने भएको क्लवका सदस्य धिरज तामाड्डले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...