स्पोर्टस स्कुल फुटवल एकेडेमी र न्यु वुद्ध क्वाटरफाइनलमा

धनगढी (खेलदैनिक) । स्पोर्टस स्कुल फुटवल एकेडेमी, दाङ र न्यु वुद्ध युवा क्लव, फूलबारी धनगढीमा जारी तेश्रो ग्यालेक्सी पव्लिक स्कुल फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन ।

धनगढी रंगशालामा आइतबार भएको पहिलो खेलमा स्पोर्टस स्कुल फुटवल एकेडेमीले धनगढीको हसनपुर युवा क्लवलाई ८–० को फराकिलो अन्तरले हरायो । एकेडेमीको जितमा हस्तराज गिरी र गणेश नेपालीले ह्याट्रिक गरे । गिरीले पहिलो हाफको १७, दोस्रो हाफको ४८ र ६२ मिनेटमा गोल गरे । त्यस्तै गणेश नेपालीले ह्याट्रिक सहित ५ गोल गरे ।

नेपालीले पहिलो हाफको १९ मिनेटमा पहिलो गोल गरे । त्यसपछि उनले पहिलो हाफको ३० तथा दोस्रो हाफको ५१, ५७ र ६० मिनेटमा थप चार गोल थपे । गणेश नेपाली म्यान अफ द म्याद भए ।

स्पोर्टस स्कुल फुटवल एकेडेमीका प्रशिक्षक विदुर गुरुङले खेलाडीहरुले सोचे अनुसारको खेल देखाएकोले सानदार जित हासिल गरेको वताए । हसनपुर युवा क्लवका प्रशिक्षक सन्जय चौधरीले पनि खेलाडीले राम्रो खेल्न नसकेको र पाएका मौकाहरु सही सदुपयोग गर्न नसकेको वताए ।

आइतबार नै सम्पन्न दोस्रो खेलमा न्यु वुद्ध युवा क्लवले मंगल युवा क्लव, चौमलालाई ६–४ को अन्तरले हरायो । निकै प्रत्सिर्धात्मक खेलमा न्यु वुद्धका लागि सुन्दर घिसिङले ह्याट्रिक गरे । उनले पहिलो हाफको २० र २६ औं तथा दोस्रो हाफको ४० औं मिनेटमा गोल गरे । त्यस्तै लक्ष्मण शाहीले ५५, सुरज शाहीले ५७ र वाल्टर चौधरीले ६७ औं मिनेटमा एक–एक गोल थपे ।

मंगल युवा क्लवले दोस्रो हाफमा नै चार गाले फर्कायो । मंगल युवा क्ल्वका लागि विनोद चौरधीले ३८, अर्जुन चौधरीले ५८ र योगेन्द्र चन्दले ७७ औं मिनेटमा गोल गरे । एक गोल आत्मघाती भयो ।

न्य वुद्धका सुन्दर घिसिङ म्यान अफ द म्याद भए । न्यु वुद्ध युवा क्लवका प्रशिक्षका महेश गोलेले सुरुवातदेखि खेलाडीहरु लयमा रहेका कारण त्यसलाई निरन्तरता दिन सफल भएएकोले जित हात पारेको वताए । मंगल युवा क्लवका कप्तान योगेन्द्र चन्दले सुरुमा गोल खाएर दवावमा आएपछि दोस्रो हाफमा खेल फर्किने प्रयास सफल हुन नसकेको वताए ।

यो खेलसँगै क्वाटरफाईनल समकिरण पुरा भएको छ । सोमबारदेखि क्वाटरफाईनलका खेलहरु हुनेछन । मंगलबारको पहिलो क्वाटरफाईनलमा आयोजक फारवेष्ट पशुपति युवा क्लव वी र पिएफए अत्तरीया प्रतिस्पर्धा गर्नेछन भने दोस्रो क्वाटरफाइृनलमा फारवेष्ट अत्तरीया स्पोर्टस एकेडेमी र न्यु वुद्ध युवा क्लव भिड्ने छन ।

मंसीर २८ गतेदेखि सुरु भएको प्रतियोगिता पुस ८ गतेसम्म सञ्चालन हुनेछ । फारवेष्ट पशुपति युवा क्लवले आयोजना गरेको प्रतियोगिताका विजेताले ३ लाख, उपविजेताले डेढ लाख र विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीले जनही १० हजारका दरले ५० हजार गरी ५ लाख वढी नगद पुरस्कार पाउनेछन ।


प्रतिक्रिया दिनुहोस

Loading...