आयोजक नेपाल पुलिस ‘ए’ फाइनलमा

काठमाडौं (खेलदैनिक) । आयोजक नेपाल पुलिस स्कुल ‘ए’ जारी २५ औं आईजिपी रनिङ्ग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

फाइनल प्रवेश गर्ने क्रममा आयोजक नेपाल पुलिस ‘ए’ ले आयोजक कै ‘बी’ टिमलाई शून्यकाविरुद्ध ४ गोलले हरायो । आयोजक ‘ए’ को जितमा भाईजिन ढकालले २ गोल गरे भने आयुष श्रेष्ठ र पुजन पुरीले एक–एक गोल गरे । खेलमा आयोजक ‘बी’ का बिमोजित राजवंशी म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै आइतबार नै भएको दोस्रो सेमिफाइनलमा सम्भ स्कुलले मल्पी इन्टरनेशनललाई ५–० ले पराजित गर्यो । सम्भको जितमा आदित गुरुङ्गले ह्याट्रिक गरे भने उत्तम शाहीले दुइ गोल गरे । खेलमा सम्भका उत्तम शाही म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताका फाइनल खेल मंगलबार नेपाल पुलिस स्कुल ‘ए’ टिम र सम्भ स्कुलबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...