बुटवल (खेलदैनिक) । न्यू सिर्जना युवा क्लब प्रथम जनज्योति कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
आयोजक जनज्योति क्लबको मैदानमा सम्पन्न खेलमा न्यू सिर्जनाले सुनौलो संगम युवा क्लबलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।
खेलमा न्यू सिर्जनाका अनिश काफ्ले म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत आइतबारको खेल माउण्ट स्टार क्लब, नहरपुर र दर्पण युवा क्लब, कपिलवस्तुबीच हुने आयोजकले जनाएको छ ।
रुपन्देही, नवलपरासी, दाङ र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार १ सय ११ रुपैया हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ ।
त्यस्तै काठमाडौं स्टिलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको फाइनल पौष १५ गते शनिबार हुने खेल संयोजक जहर रानाले जानकारी दिए ।