मनाङ आर्मीलाई हराउदै मनमोहन मेमोरियल दुहबी गोल्ड कपको उपाधी जित्न सफल

मनाङ नेपाल आर्मीलाई २-१ले हराउदै मनमोहन मेमोरियल दुहबी गोल्ड कपको उपाधी जित्न सफल भएको छ।

नवयुग श्रेष्ठले आर्मीको लागि सुरुवाती गोल गरेता पनि मनाङले दुई गोल गर्दै बिजयी बन्न सफल भयो। मनाङका लागि बिशाल राइ र बिमल रानाले १-१ गोल गरे।

बिजेता टोलीले ४ लाख रुपैया प्राप्त गर्‍यो भने उपबिजेता टोलिले रु दुई लाख प्राप्त गर्‍यो।

मनाङ यस अघी सतासी गोल्ड कप र काकरभिट्टा गोल्डकप को फाईनलमा आर्मी सँग पराजित भएको थियो।


प्रतिक्रिया दिनुहोस

Loading...