सेन्ट जेभियर्स क्वाटरफाइनलमा

काठमाडौं (खेलदैनिक) । सेन्ट जेभियर्स, गोदावरी बाइसौं फादर मोरान स्मृति अन्तरविद्यालय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनल प्रवेश गर्ने क्रममा जेभियर्सले पुष्पाञ्जली सेकेण्डरी स्कुललाई शून्यकाविरुद्ध २ गोलले पराजित गर्यो । जेभियर्सको जितमा दुवै गोल अभिनय बिष्टले गरे ।

त्यस्तै दोस्रो खेलमा एलए स्कुलले केयुएचएस स्कुललाई ४–० ले पराजित गर्यो । एलएको जितमा भर्गव सिलवालले ह्याट्रिक गरे भने लक्ष्य महर्जनले थप एक गोल गरे ।

त्यस्तै क्रिसेन्ट एकेडेमी, गोदावरीले जेम्सलाई ४–० ले हरायो । क्रिसेन्टको जितमा पुष्पक राईले दुई गोल गरे भने शिव थापा मगर र मोहित तामाङ एक–एक गोल गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...