साफ यु–१५ गल्र्स च्याम्पियनसिपमा दुई नेपाली महिला रेफ्री

काठमाडौं (खेलदैनिक) । यहि डिसेम्बर १७ तारीखदेखि बंगलादेशको राजधानी ढाकामा शुरु हुन गईरहेको साफ यु–१५ च्याम्पियनसिपमा दुई नेपाली महिला रेफ्रीले निर्णायकको भूमिका निभाउने भएका छन् ।

शुक्रबार नेपाली यु–१५ गल्र्स टोलीका साथ बंगलादेश प्रस्थान गर्न लागेका रेफ्रीद्वय अन्जना राई र राधिका शाक्यले साफ यु–१५ गल्र्स च्याम्पियनसिपमा निर्णायकको भूमिका निभाउने छन् ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, भारत र भूटानले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको पहिलो दिन नै नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ भने भारतले भुटानसँग भिड्ने छ ।

त्यस्तै १९ डिसेम्बरमा भुटानले बंगलादेशको सामना गर्दा नेपालले भारतसँग भिड्नेछ भने २१ डिसेम्बरमा नेपालले भुटानसँग खेल्दा भारतले बंगलादेशको सामना गर्नेछ ।

अंकतालिकाको शिर्ष दुई स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्नेछन् र डिसेम्बर २४ तारीखका लागि उपाधिका लागि भिड्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...