नेपाली यु–१५ गल्र्स टोली आज बंगलादेश जाँदै

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–१५ गल्र्स च्याम्पियनसिपमा सहभागी हुने नेपाली यु–१५ गल्र्स टोलीलाई विदाई गरेको छ ।

यहि डिसेम्बर १७ तारीखदेखि बंगलादेशको राजधानी ढाकामा शुरु हुन गईरहेको च्याम्पियनसिपमा सहभागी हुने नेपाली यु–१५ गल्र्स टोलीलाई शुक्रबार एक कार्यक्रमकाबीच बिदाई गरिएको हो । नेपाली टोली आज नै बंगलादेशतर्फ प्रस्थान गर्दैछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, भारत र भूटानले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको पहिलो दिन नै नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ भने भारतले भुटानसँग भिड्ने छ ।

त्यस्तै १९ डिसेम्बरमा भुटानले बंगलादेशको सामना गर्दा नेपालले भारतसँग भिड्नेछ भने २१ डिसेम्बरमा नेपालले भुटानसँग खेल्दा भारतले बंगलादेशको सामना गर्नेछ ।

अंकतालिकाको शिर्ष दुई स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्नेछन् र डिसेम्बर २४ तारीखका दिन उपाधिका लागि भिड्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...