आर्मी र मनाङ लगातार तेस्रोपटक फाइनलमा भिड्ने

म्यान अफ द म्याचको पुरस्कार ग्रहण गर्दै आर्मीका नवयुग श्रेष्ठ ।

दुहबी (खेलदैनिक) । त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङ्दी क्लब दोस्रो मनमोहन स्मृति दुहबी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

बिहीबार सुनसरीस्थित दुहबी स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनलमा आर्मीले अग्नी रुपन्देही ११ लाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै यसबर्ष लगातार तेस्रोपटक मनाङसँगको फाइनल भिडन्त पक्का गरेको हो ।

यसअघि यी दुई हालै सम्पन्न सताक्षी गोल्डकप र काकरभिट्टा गोल्डकपको फाइनलमा भिडेका थिए । जसमध्ये दुवै खेलमा आर्मी बिजयी भएको थियो ।

आर्मीको जितमा नवयुग श्रेष्ठले २ गोल गरे । त्यस्तै जर्ज प्रिन्स कार्की र दिप लामाले १–१ गोल गरे । खेलमा आर्मीका नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत फाइनल भिडन्त शनिबार हुनेछ ।

मनमोहन स्मृति प्रष्ठिान र इलावेन एरोजको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख प्राप्त गर्नेछ भने उपविजेताले २ लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...