गोलनेपाल र खेलदैनिक बिबा पब्लिकेशन्सको स्वामित्वमा

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलबीच विशेष पहिचान बनाएको चर्चित वेबसाइट गोलनेपाल डटकम www.goalnepal.com  र हालसालै सञ्चालनमा आएको खेलकदैनिक डटकम www.kheldainik.com लाई काठमाडौंस्थित बिबा पब्लिकेशन प्रा.लि.ले आफ्नो स्वामित्वमा लिएको छ ।

संस्थाको प्रमुख कार्यकारीमा नेपाली खेलकुदको क्षेत्रमा विशेष गरी फुटबलमा सक्रिय र दख्खलता राखेका खेलपत्रकार बिक्रम थापा रहेका छन् ।

संस्थाका प्रमुख थापाले नेपाली खेलकुदको क्षेत्रमा आफूहरु सधै समर्पित रहेको बताए । उनी भन्छन् “नेपाली फुटबलको विकास र प्रवद्र्धनमा हामी बिगत नौ बर्षदेखि सक्रिय छौं । आगामी दिनहरुमा पनि खेलकुदको क्षेत्रमा हामीले मिलेर थप राम्रा कामहरु गर्दै जाने विश्वास लिएका छौं ।”

सोही अवसरमा गोलनेपालको नयाँ वेबसाइट समेत प्रयोगमा आएको छ । गोलनेपालको नयाँ वेबसाईट नयाँ आकर्षक फिचर र प्रयोगकर्ताहरुका लागि सहज रहेको संस्थाका प्रमुख कार्यकारी थापाले बताए ।

साथै प्रमुख थापाले संस्थालाई सहयोग, समर्थन र हौसला प्रदान गर्ने खेलप्रेमी, प्रायोजक, सहयोगी संघसंस्था सबैलाई धन्यवाद दिए । र आगामी दिनहरुमा पनि सबैको सहयोगको अपेक्षा रहेको समेत बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...