अनिलको निर्णायक गोलसँगै मनाङ फाइनलमा

(तस्विर गोलनेपाल डटकम)

दुहबी (खेलदैनिक) । अनिल गुरुङ्गले एक मात्र निर्णायक गोल गरेपछि मनाङ मस्र्याङ्दी क्लब दोस्रो मनमोहन स्मृति दुहबी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सुनसरीस्थित दुहबी स्टेडियममा सम्पन्न पहिलो सेमिफाइनलमा मनाङले चर्च ब्वाईज युनाइटेडलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले पराजित गर्यो । मनाङको जितमा खेल सकिन दश मिनट बाँकी छँदा ८० औं मिनटमा अनिलले एक मात्र निर्णायक गोल गरे ।

खेलमा मनाङका हेमन गुरुङ्ग म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल अग्नी रुपन्देही ११ र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ ।

मनमोहन स्मृति प्रष्ठिान र इलावेन एरोजको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख प्राप्त गर्नेछ भने उपविजेताले २ लाख हात पार्नेछ । प्रतियोगिताको फाइनल पौष १ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...