शेर्पाको चुनौति पन्छाउँदै रुपन्देही सेमिफाइनलमा

दुहबी (खेलदैनिक) । अग्नी रुपन्देही ११ दोस्रो मनमोहन स्मृति दुहबी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सुनसरीस्थित दुहबी स्टेडियममा सम्पन्न खेलमा रुपन्देहीले हिमालयन शेर्पा क्लबलाई ३–० ले हराउँदै सेमिफाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।

रुपन्देहीको जितमा अमर डंगोल र सेडरिक आवाले एक–एक गोल गरे । त्यस्तै थप एक गोल भने शेर्पाका लक्ष्मण जिसीले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

खेलमा रुपन्देहीका सेडरिक आवा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र चर्च ब्वाईज युनाइटेडबीच हुने आयोजकले जनाएको छ ।

मनमोहन स्मृति प्रष्ठिान र इलावेन एरोजको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख प्राप्त गर्नेछ भने उपविजेताले २ लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...