नेपाली गोलरक्षक किरण माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा

(तस्विर गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा गोलरक्षक किरण चेम्जोङ माल्दिभ्स फुटबल अवार्डका लागि मनोनयनमा परेका छन् ।

माल्दिभ्सको टिसी स्पोर्टस् क्लबाट व्यवसायिक फुटबल खेलिरहेका किरण यो अवार्डको उत्कृष्ट विदोशी खेलाडीतर्फको मनोनयनमा परेका हुन् ।

यो अवार्डका लागि किरणसँगै माल्दिभ्सयमा व्यवसायीक फुटबल खेलिरहेका कुल पाँच बिदेशी खेलाडीहरु मनोनयनमा परेका छन् ।

किरणले टिसी स्पोर्टस्बाट खेल्दै बंगलादेशमा सम्पन्न शेख कमल इन्टरनेशनल क्लब च्याम्पियनसिपको उपाधि जितेका थिए भने आफ्नो क्लबलाई एएफसी कपका लागि छनौट गराउन पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

माल्दिभ्सफुटबल डटकम र माल्दिभ्स फुटबल एशोसिएसनको संयुक्त आयोजनामा माल्दिभ्सको राजधानी मालेमा हुन गईरहेको यो अवार्ड कार्यक्रमको मिति यहि डिसेम्बर १६ तारीख तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...