दुहबी गोल्डकप शुरु, चर्च ब्वाईजसँग झापा स्तब्ध

दुहबी (खेलदैनिक) । शनिबारदेखि शुरु दोस्रो मनमोहन स्मृति दुहबी गोल्डकपमा दावेदार मानिएको रमपम झापा ११ ले उदघाटन खेलमै हार बेहोरेको छ ।

शनिबार सुनसरीस्थित दुहबी स्टेडियममा सम्पन्न उदघाटन खेलमा झापा ११ चर्च ब्वाईज युनाइटेड काठमाडौंसँग पेनाल्टी शुटआउटमा ४–५ ले स्तब्ध हुन पुग्यो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

प्रतियोगिता अन्तरगत आइतबारको खेल विभागीय टोली त्रिभुवन आर्मी क्लब र मोरङ्ग ११ बीच हुने आयोजकले जनाएको छ ।

मनमोहन स्मृति प्रष्ठिान र इलावेन एरोजको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख प्राप्त गर्नेछ भने उपविजेताले २ लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...