संगम कप फुटबलको छैटौं संस्करण पुस पहिलो सातादेखि

प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक ।

पोखरा (खेलदैनिक) । संगम क्लबले ‘छैटौं संगम कप फुटबल प्रतियोगिता आगामी पुस १ गतेदेखि ५ गतेसम्म पोखरा रंगशालाम आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा १६ टिम सहभागी हुने र विजेतालाई एक लाख २५ हजार रुपैयाँ, उपविजेतालाई ६५ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल, प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार रुपैयाँ, सर्वाधिक गोलकर्ता, गोलरक्षक, डिफेन्स र स्टाइकरलाई जनही ५–५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नको लागि करिब ६ लाख १० हजार रुपैयाँ खर्च लाग्ने क्लबले अनुमान गरेको छ । फुटबल खेलको अझ राम्रोसँग विकास गराउने उद्देश्यले सेभेन ए साइड फुटबलबाट माथि उठेर फुटबल प्रतियोगिता गर्ने जमर्को गरेको आयोजकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...