प्रहरीलाई डिपो कपको उपाधी

उपाधिका साथ पुर्व क्षेत्रिय प्रहरी स्कुलका खेलाडीहरु । (तस्विर विकास चाम्लिङ्ग राई)

धरान (खेलदैनिक) । डिपो स्कुलको आयोजनामा आयोजित ्१४ औ ललित अम्वर डिपो कपको उपाधि पुर्व क्षेत्रिय प्रहरी स्कुलले जित्न सफल भएको छ ।

शुक्रवार सम्पन्न फाइनलमा पूर्व क्षेत्रिय प्रहरी स्कुलले आइडल स्कुललाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

प्रहरीको जितमा विश्वास गुरु मेहेताले दुई गोल गरे भने अनमोल श्रेष्ठ, सिदार्थ सिंह र दिपेस आलेले एक–एक गोल गरे ।

विजेता टिम प्रहरीले उपाधिसहित नगद १० हजार प्राप्त गर्यो भने दोस्रो र तेस्रो हुनेले क्रमश नगद ७ हजार, ३ हजार ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरे ।

त्यस्तै गरी प्रतियोगिताका उत्कृष्ट खेलाडी प्रहरीका जोन वास्फोर, हाइस्कोरर आइडलका अनिल राई, वेस्ट गोेलकिपर आयोजक डिपोका सुसान श्रेष्ठ, वेस्ट डिफेन्स आइडलका प्रभुराज राई, उदयीमान खेलाडी डिपोका उत्सव थापा मगर र फाइनल खेलको म्यान अफ द म्याच आइडलका अनिल राई घोषित भए ।

उपाधि विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका मेयर तारा सुव्वा, डिपो स्कुलका व्यवस्थापन समिती अध्यक्ष श्रवणकुमार लिम्वु, पुर्व अध्यक्ष अम्वरवहादुर लिम्वु, स्कुल व्यवस्थापन प्रतियोगिता संयोजक भिमराज लिम्वु, डिपो क्याम्पस प्रमुख राजकुमार राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

अघिल्लो दिन नै सम्पन्न भएको डिपो कपको तेस्रो उपाधिको विजेता आयोजक डिपो स्कुल र प्लेट च्याम्पियनका विजेता होलिल्याण्ड स्कुल तथा उप विजेता सेक्रेट हर्ट स्कुल इटहरीलाई फाइनल खेलको दिन पुरस्कार वितरण गरीएको थियो । प्लेट च्याम्पियन विजेता तथा उपविजेताले क्रमश नगद ३ हजार, २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।


प्रतिक्रिया दिनुहोस

Loading...