करियर र गोल्डेन बड फाइनलमा

फेका कप अन्तरविद्यालय फुटबलको पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै करियर (रातो) र श्रमशीलका खेलाडी ।

काठमाडौं (खेलदैनिक) । डिफेडिन्ङ च्याम्पियन करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी र गोल्डेन बड १२ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

पेप्सीकोला टाउन प्लानिङ मैदानमा भएको पहिलो सेमिफाइनलमा करियरले श्रमशीललाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । करियरका साहिल बस्नेत ‘म्यान अफ द म्याच’ चुनिए ।

अर्को सेमिफाइनलमा गोल्डेन बडले एकलव्यलाई २–१ गोलले हरायो । विजयी टिमका लागि विजय थापा मगर र उेमश खत्रीले १–१ गोल गरे । एकलव्यका कैलाश भण्डारीले सान्त्वना गोल गरे । एकलव्यका रुपेश बराइली ‘म्यान अफ द म्याच’ घोषित भए ।

तेश्रो स्थानका लागि श्रमशील र एकलव्य शुक्रबार खेल्ने छन् भने फाइनल शनिबार हुने आयोजक फेकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...