न्यु स्टार र हाइली क्वाटरफाइनलमा

काठमाडौं (खेलदैनिक) । न्यु स्टार पोल र हाइली क्रिएटिभ १२ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

साविक उपविजेता न्यु स्टार पोलले चार पटकको पूर्व विजेता कोटदेवीलाई १–० गोलले पराजित गर्यो । इशान रायमाझीले निर्णायक गोल गरे । हाइलीले मानाङ्कलाई ५–१ गोलले हरायो । विजेताका निरज कार्कीले ३ तथा सुनील पुडासैनीले २ गोल गरे । मानाङ्कका अमन राईले १ गोल फर्काए ।

फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएसन (फेका) द्वारा आयोजित प्रतियोगतिामा विद्या विकासले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । विद्या विकासले शिक्षालय नेपालको चुनौती २–१ ले पन्छायो । विजेताका दिपेश पाण्डे र प्रदीप श्रेष्ठले गोल गरे । शिक्षालयका विवेक विशंखुले सान्त्वना गोल गरे ।

उक्त खेलसंगै क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनलमा न्यु स्टारले गोल्डेन बड, विद्या विकासले एक्लब्य, डिफेन्डिङ च्याम्पियन करियरले ओरिएन्टल तथा हाइलीले श्रमशील विरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...