आयोजकको जितमा निराजनको निर्णायक गोल

(तस्विर गोलनेपाल डटकम)

काकरभिट्टा (खेलदैनिक) । निराजन खड्काको निर्णायक गोलसँगै आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर तेस्रो मेची नेत्रालय काकरभिट्टा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा आयोजक काकरभिट्टाले हिमालयन शेर्पा क्लबलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको २२ औं मिनटमा निराजन खड्काले फ्रि–किक मार्फत सुन्दर गोल गर्दै आयोजकलाई जित दिलाए । खेलमा निर्णायक गोल गरेका खड्का म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत मंगलबारको पहिलो सेमिफाइनल खेल दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ ।

काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भन् उपविजेताले ४ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल मंसिर १५ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...