साविक विजेता करियर र श्रमशिल क्वाटरफाइनलमा

काठमाडौं (खेलदैनिक) । डिफेन्डिङ च्याम्पियन करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी र श्रमशिल १२ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

करियरले कस्मिकलाई ४–० गोलले पराजित गर्यो । जीवन लामा र सुजन भट्टारीले समान २–२ गोल गरे । श्रमशिलले हेब्रोनलाई ३–१ गोलले हरायो । श्रमशिलका नवीन ढकाल र कुमार लामाले १–१ गोल गरे । अर्को गोल आत्माघाती थियो । हेब्रोनका सेमुएल थापाले सान्त्वना गोल गरे ।

फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएसन (फेका) को आयोजनामा पेप्सीकोला टाउन प्लानिङ मैदानमा भइरहेको नकआउट प्रतियोगितामा एक्लब्य शिक्षा सदन र गोल्डेन बड पनि जित हात पार्दै क्वाटरफाइनलमा पुग्न सफल भए ।

एक्लब्यले गेट्वे एकेडेमीलाई २–० ले पाखा लगायो । कैलाश भण्डारी र उमेश खड्काले गोल गरे । गोल्डेन बडले तीन पटकको पूर्व विजेता गोठाटारलाई ३–० ले स्तब्ध पार्यो । अनिल थापा मगर, विजय थापा मगर र मनोज तामाङले गोल गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...