डिपो कपमा पुलिस, आइडल, पर्वत र नेपाल डिभिएमलाई सफलता (फोटो फिचर्स)

धरान (खेलदैनिक) । धरान १८ स्थित डिपोट उच्च माविको आयोजनामा जारी १२ औ डिपो कपमा पुलिस, आइडल, पर्वत र नेपाल डिभिएम विजयी भएको छ ।

पुर्व क्षेत्रिय प्रहरी स्कुलले पिसजोन स्कुल इटहरीलाई ३–०, आइडल स्कुलले मेरिल्याण्ड स्कुललाई २–०, पर्वत स्कलले सगरमाथा स्कुललाई टाइवेकरमा ३–२ र नेपाल डिभिएम इटहरीले आयोजक डिपो बी टिमलाई ३–० को गोल अन्तरले पराजित गरेको छ ।

आइतवार भएको पहिलो खेलमा प्रहरी स्कुलका तर्फ वाट अनमोल श्रेष्ठले पहिलो हाफको १८ मिनटमा, रोहन गरु मेहताले पहिलो हाफको इन्जुरी समयमा र जोन वास्फोरले दोस्रो हाफको आठौ मिनटमा पेनाल्टि मार्फत गोल गरेका थिए ।

दोस्रो खेलमा आइडलका तर्फ वाट अनिल राईले पहिलो हाफको पाचौ मिनटमा र प्रभुराज राईले पहिलो हाफको १७ मिनटमा गोल गरेका छन । तेस्रो खेलमा पर्वत र सगरमाथा स्कुल विच भएको खेलमा दुवै तर्फ कुनै गोल हुन नसके पछि खेल टाइवेकरमा धकेलिएको थियो ।

टाइवेकरमा पर्वतका रोजन राई, सुर्य मगर र जिदसुन्धि राईले गोल गरे भने सगरमाथा स्कुलका तर्फ वाट उज्वल मगर र गविन राईले मात्र गोल गर्न सफल भएका थिए । आइतवर भएको अन्तिम खेलमा नेपाल डिभिएमका तर्फ वाट सविन वस्नेतले पहिलो हाफको चौथो मिनटमा र दोस्रो हाफको दश मिनटमा गोल गरेका थिए । डिभिएम कै आर्यन दाहालले पहिलो हाफको १२औ मिनटमा गोल गरेका थिए ।

पहिलो खेलको म्यान अफ द म्याच पिसजोन स्कुल इटहरीका अविशेक चौधरी, दोस्रो खेलमा मेरिल्याण्ड स्कलका रोमन रनपैलि, तेस्रो खेलमा सगरमाथा स्कुलका गोलकिपर उज्वल मगर र अन्तिम खेलको म्यान अफ द म्याच डिपो स्कुलका गोलकिपर आदित्य लिम्वु घोषित भएका छन ।

उनीहरुलाई डिपो स्कुलका व्यवस्थापन समिति पुर्व अध्यक्ष ललित लिम्वुले ट्रफि प्रदान गरेका छन । भोलि देखि सुरु हुने दोस्रो चरणको पहिलो खेलमा डिपो ए टिम र आवरहोम स्कुल र दोस्रो खेलमा इमान्युयल स्कुल र नवज्योति स्कुल विच प्रतिश्पर्धा हुनेछ ।

प्रतियोगिताको पहिलो चरणमा पराजीत हुनेहरुको प्लेट च्याम्पियनका खेल पनि सोमवार देखि नै सुरु हुनेछ ।

(तस्विरहरु बिकास चाम्लिङ राई / खेलदैनिक)


प्रतिक्रिया दिनुहोस

Loading...