
(तस्विर गोलनेपाल डटकम)
काकरभिट्टा (खेलदैनिक) । सुदुरपश्चिम ११ लाई टाइब्रेकरमा हराउँदै त्रिभुवन आर्मी क्लब तेस्रो मेची नेत्रालय काकरभिट्टा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न क्वाटरफाइनलमा सुदुरपश्चिमलाई टाइब्रेकरमा ३–० ले हराउँदै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
खेलमा आर्मीका दिनेश हेन्जन म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत सोमबारको अन्तिम क्वाटरफाइनल खेल आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र हिमालयन शेर्पा क्लबबीच हुने आयोजकले जनाएको छ ।
काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भन् उपविजेताले ४ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल मंसिर १५ गते हुनेछ ।