बाल श्रृजनालय र दुर्गालाई कोका–कोला कपको उपाधि

उपाधिका साथ छात्रतर्फको विजेता बाल श्रृजनालयका विद्यार्थीहरु ।

काठमाडौं (खेलदैनिक) । कोका–कोला कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि बाल श्रृजनालय स्कुलले जित्न सफल भएको छ ।

बिहीबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा सम्पन्न फाइनलमा बाल श्रृजनालयले एभरेष्ट स्कुललाई शून्यकाविरुद्ध १ गोलले हराउँदै उपाधि जितेको हो । बाल श्रृजनालयको जितमो खेलको ७२ औं मिनटमा प्रतिक आले मगरले एक मात्र निर्णायक गोल गरे ।

छात्रातर्फको उपाधि दुर्गा स्कुललाई

उपाधिका साथ छात्रातर्फको विजेता श्री दुर्गा स्कुलका विद्यार्थीहरु ।

त्यसैगरी बिहीबार एन्फा कम्प्लेक्स मै सम्पन्न छात्रातर्फको कोका–कोला कपको उपाधि श्री दुर्गा स्कुल, रौतहटल जितेको छ ।

उपाधि जित्ने क्रममा दुर्गाले फाइनलमा भुम्रे सेकेण्डरी स्कुल, स्याङ्गजालाई ७–० को फराकिलो अन्तरले हरायो ।

दुर्गाको जितमा निकिता ठोकरले ह्याट्रिकसहित एक्लैले चार गोल गरिन् । त्यस्तै रश्मी कुमारी घिसिङ्गले २ गोल गरीन् भने दिल कुमारी राना मगरले एक गोल गरीन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा कोका–कोलाको मूख्य प्रायोजनामा सम्पन्न प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पारेको छ भन ेउपविजेताले २ लाखमा चित्त बुझाएको छ ।

(तस्विर गोलनेपाल डटकम)


प्रतिक्रिया दिनुहोस

Loading...