फिफा वरियतामा नेपालको ६ स्थान सुधार

फिलिपिन्स विरुद्ध भिड्नु अघि सामूहिक तस्विर खिचाउँदै नेपाली टोली । (तस्विर गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय फुटबलको नियमनकारी संस्था फिफाले जारी गरेको यस महिनाको फिफा वरियतामा नेपालले ६ स्थान सुधार गरेको छ ।

जारी नोभेम्बर महिनाको नयाँ फिफा वरियतामा नेपाल ६ स्थान माथि १७० औं स्थानमा उक्लिएको छ । सार्क राष्ट्रहरुमा नेपाल चौथो स्थानमा छ ।

त्यस्तै भारत १०६ औं स्थानमा रहँदै सार्क राष्ट्रहरुमध्ये शिर्ष स्थानमा छ भने १४७ औं वरियतासहित अफगानिस्तान दोस्रो स्थानमा छ ।

त्यस्तै १५७ औं वरियतासहित माल्दिभ्स तेस्रो स्थानमा छ भने १८५ औं वरियतामा रहेको भूटान भने पाँचौं स्थानमा छ ।

त्यसैगरी १९२ औं वरियतामा रहेको बंगलादेश, २०० औं वरियतामा रहेको श्रीलंका र २०१ औं वरियतामा रहेको पाकिस्तान क्रमश छैटौं, सातौं र आठौं स्थानमा छन् ।

विश्वविजेता जर्मनीको शिर्षता

फिफाको विश्व वरियतामा विश्वविजेता जर्मनी शिर्ष स्थानमा छ भने ब्राजील र पोर्चुगल क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै एसियातर्फ इरान शिर्ष स्थानमा छ भने अष्ट्रेलिया र जापान क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...