आर्मीलाई सताक्षी गोल्डकपको उपाधि

(तस्विर गोलनेपाल डटकम)

झिलझिले (खेलदैनिक) । दोस्रो सताक्षी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।

बिहीबार सम्पन्न फाइनल खेलमा आर्मीले मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले हराउँदै उपाधि जित्न सफल भयो ।

आर्मीको जितमा खेलको १९ औं मिनटमा जर्ज प्रिन्स कार्कीले फ्रि–किकबाट सुन्दर गोल गर्दै अग्रता दिलाए । त्यस्तै खेलको ४५ औं मिनटमा स्टार फरवार्ड नवयुग श्रेष्ठले आर्मीका लागि दोस्रो गोल गरे । उता मनाङका लागि एकमात्र गोल खेलको ६१ औं मिनटमा अनिल गुरुङ्गले गरे ।

प्रतियोगिताको विजेता आर्मीले उपाधिसहित नगद ५ लाख हात पारेको छ भने उपविजेता मनाङले २ लाख ५० हजारमा चित्त बुझाएको छ ।

त्यस्तै प्रतियोगिताभरि कै उत्कृष्ट खेलाडी मनाङका विशाल राई घोषित भए । राईले नगद ५० हजार प्राप्त गरे ।

त्यस्तै सर्वोच्च गोलकर्ता आर्मीका नवयुग श्रेष्ठ घोषित भए । श्रेष्ठले पुरस्कारस्वरुप नगद २५ हजार प्राप्त गरे ।

त्यसगरी प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, रक्षक र फरवार्ड क्रमश आर्मीका नविन न्यौपोने, विकेश कुथु, सुमन अर्याल र जर्ज प्रिन्स कार्की घोषित भ एभने उत्कृष्ट मिडफिल्डर मनाङका डोना थापा घोषित भए । उत्कृष्ट विधाका सबै विजेताले नगद १० हजार प्राप्त गरे ।

सताक्षीधाम स्र्पोटिङ्ग क्लब, झिलभिले झापाको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...