काकरभिट्टा गोल्डकप शुरु, पुलिसको शानदार शुरुवात

तस्विर गोलनेपाल डटकम)

काकरभिट्टा (खेलदैनिक) । बुधबारदेखि शुरु तेस्रो मेची नेत्रालय काकरभिट्टा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले शानदार शुरुवात गरेको छ ।

काकरभिट्टा स्कुलको खेलमैदानमा शुरु प्रतियोगिताको उदघाटन खेलमा पुलिसले भारतीय टोली सुवास चन्द्र ब्वाईज क्लबलाई ४–० को फराकिलो अन्तरले हरायो ।

पुलिसको जितमा तिर्थ राना मगरले खेलको १० औं र १७ औं मिनटमा गरी दुई गोल गरे । त्यस्तै २४ औं मिनटमा भोला सिलवालले तेस्रो गोल गरे भने ७९ औं मिनटमा तेज तामाङले पुलिसका लागि चौथो तथा अन्तिम गोल गरे ।

जितसँगै पुलिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । उदघाटन खेलमा २ गोल गरेका पुलिसका तिर्थ राना मगर म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत बिहीबारको खेल सशस्त्र प्रहरीको एपीएफ र अग्नी रुपन्देही ११ बीच हुने आयोजकले जनाएको छ ।

काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भन् उपविजेताले ४ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल मंसिर १५ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...